डढेलो निभाउन जाँदा एक जनाको मृत्यु

डढेलो निभाउन जाँदा एक जनाको मृत्यु

jalera mritu

जुम्ला । जुम्लामा वनमा लागेको डढेलो निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । सिंजा गाउँपालिका–१ जाँचको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।

आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए । स्याउ बगैंचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो । रावल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।

आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्ष धितालले आगो नियन्त्रणको लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ