अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको समस्या समाधानमा अग्रसरता देखाएको छ । माघ २ देखि १४ गतेसम्म टोल – टोलमा पुगेर गरेको सरकारी कागजातको समस्या समाधान एवं एकीकृत शिविरमा भेटिएका नागरिकका समस्याहरु समाधानका लागि पालिकाले अग्रसरता देखाएको हो ।
राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्तालगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदायस्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर नै सञ्चालन गरेको थियो ।
शिविरमा विशेषगरी नागरिकता सच्याउनुपर्ने समस्या भेटिएकोमा गाउँपालिकाले नै नि:शुल्क यातायातको व्यवस्थापन गरी जिल्ला प्रशासनसमक्ष लगेर समस्या समाधान गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । पालिकाले नसक्ने तथा आफ्नो क्षेत्राधिकार भित्र नपर्ने सेवा प्रवाह गर्न तथा व्यक्तिगत घटना दर्तालगायतका सरकारी कागजातहरु सच्याउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई अनुरोध गरिएको अध्यक्ष तिवारीले बताए ।
सोही अनुरोधलाई सहजीकरण गर्दै प्रशासन कार्यालय स्याङ्जाले गाउँपालिकाको एकीकृत शिविरमा भेटिएका झुत्रे, च्यातिएका तथा हराएका २९ वटा(प्रतिलिपी), तीन वटा श्रीमान कायम(प्रतिलिपी) र एक वटा नयाँ गरी ३३ वटा नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको यस्तो कार्यक्रम आफूलाई बिलकुलै नौलो र फरक लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस्ता खालका कार्यक्रमहरु अन्य पालिकाले समेत सञ्चालन गर्न सके समस्यामा रहेका सेवाग्राहीलाई राहत हुने बताइन् ।
यस्तो खालको कार्यक्रम जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको हो ।
स्याङ्जा प्रशासन कार्यालयले अशक्तको घरमै पुगेर नागरिकता प्रदान गर्ने र शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि सेवा प्रदान गर्दै आएको प्रशासकीय अधिकृत संयोग भट्टराईले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला