आहा ! रारा पोखरा गोल्डकपः एपिएफ बाहिरियो, मच्छिन्द्र विजयी

फुटबल

आहा ! रारा पोखरा गोल्डकपः एपिएफ बाहिरियो, मच्छिन्द्र विजयी

बिहिवार एनआरटी र चर्च ब्वाईज क्लब भिड्ने

machhindra

तस्वीरः सुदर्शन रञ्जीत

पोखरा । मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे।

दोस्रो दिन अर्को पूर्व विजेता एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो दिन आहा राराको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबसँग पराजित हुँदै पूर्व विजेता समेत रहेको आयोजक सहारा क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको थियो। सहारा २०७० र एपिएफ २०७८ को विजेता हो ।

एपिएफ र मच्छिन्द्रबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ७४ औं मिनेटमा आदित्यको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनायो। आदित्य मनिष डाँगीको ठाउँमा मैदान प्रवेश गरेका थिए। आयुष घलानले मिलाएको पासमा आदित्यले डिबक्स भित्रबाट बललाई पोष्टको दिशा दिए।

८२ औं मिनेटमा स्टेफनको गोलमा मछिन्द्रले अग्रता दोब्बर पारेपछि एपिएफको खेलमा फर्कने सम्भावना कमजोर भएको हो ।

खेलको सुरुवातबाट नै एपिएफमाथि दबाब बनाएको मछिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई सदुपयोग गर्न सकेन। खेलमा‌ एपिएफले पनि केही अवसर सृजना गरेपनि सफल हुन सकेन । मछिन्द्रले क्वाटरफाइनलमा ५ पटकको विजेता थ्री स्टार क्लबसँग माघ २७ गते खेल्नेछ।

प्रतियोगितामा बिहिवार एनआरटी र चर्च ब्वाईज क्लब भिड्नेछन्। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार प्राप्त गर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds