पोखरा । मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे।
दोस्रो दिन अर्को पूर्व विजेता एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो दिन आहा राराको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबसँग पराजित हुँदै पूर्व विजेता समेत रहेको आयोजक सहारा क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको थियो। सहारा २०७० र एपिएफ २०७८ को विजेता हो ।
एपिएफ र मच्छिन्द्रबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ७४ औं मिनेटमा आदित्यको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनायो। आदित्य मनिष डाँगीको ठाउँमा मैदान प्रवेश गरेका थिए। आयुष घलानले मिलाएको पासमा आदित्यले डिबक्स भित्रबाट बललाई पोष्टको दिशा दिए।
८२ औं मिनेटमा स्टेफनको गोलमा मछिन्द्रले अग्रता दोब्बर पारेपछि एपिएफको खेलमा फर्कने सम्भावना कमजोर भएको हो ।
खेलको सुरुवातबाट नै एपिएफमाथि दबाब बनाएको मछिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई सदुपयोग गर्न सकेन। खेलमा एपिएफले पनि केही अवसर सृजना गरेपनि सफल हुन सकेन । मछिन्द्रले क्वाटरफाइनलमा ५ पटकको विजेता थ्री स्टार क्लबसँग माघ २७ गते खेल्नेछ।
प्रतियोगितामा बिहिवार एनआरटी र चर्च ब्वाईज क्लब भिड्नेछन्। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार प्राप्त गर्नेछ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु