स्याङ्जामा पहिलोपटक नेपाली नागरिकताको पुनः प्राप्ति गरिएको छ । यहाँको पुतलीबजार नगरपालिका – ९ की हेमा कुमारी गुरुङले नेपाली नागरिकता पुन: प्राप्ति गरेकी हुन् ।
गुरुङले पाँच वर्ष पहिला विसं २०७६ पुस २४ गते नेपाली नागरिकता परित्याग गरेकी थिइन् । विसं २०३५ पुस ३ गते हङकङमा जन्म भएकी गुरुङले विसं २०५५ पुस १२ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पहिलो पटक ४८७३४ नम्बरको बंशजको नागरिकता लिएकी थिइन् ।
गुरुङले ब्रिटीस नागरिकताको लागि नेपाली नागरिकता परित्याग गरेपनि ब्रिटीस नागरिकता प्राप्ति नभएपछि नेपाली नागरिकता पुनः कायमको माग गरेकी थिइन् । गुरुङले विसं २०८१ पुस ९ गते नागरिकता पुनः कायमका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निवेदन दिएकी थिइन् ।
नेपालको संविधान २०६३ को दफा ११(१) बमोजीम पुरानै नागरिकता पुनः कायम गरी जारी गरिएको प्रजिअ सुनिता नेपालले जानकारी दिइन् ।
पहिला नागरिकता परित्याग गरेपनि ब्रिटीस नागरिकता प्राप्त गर्न नसकेको र नागरिकता ऐन अनुसार पुन: प्राप्ति गर्ने प्रक्रिया पुरा गरेसँगै गुरुङलाई पुरानो नम्बरको नागरिकता दिइएको प्रजिअ नेपालले बताइन् ।
यहाँ विसं २०६७/०२/०३ देखि हालसम्म ८६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने पुन: प्राप्ती गर्ने गुरुङ पहिलो रहेकी छन् ।
डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । उनले विदेशी नागरिकता लिने प्रक्रिया थालेसंगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो