स्याङ्जामा पहिलोपटक नेपाली नागरिकताको पुनः प्राप्ति गरिएको छ । यहाँको पुतलीबजार नगरपालिका – ९ की हेमा कुमारी गुरुङले नेपाली नागरिकता पुन: प्राप्ति गरेकी हुन् ।
गुरुङले पाँच वर्ष पहिला विसं २०७६ पुस २४ गते नेपाली नागरिकता परित्याग गरेकी थिइन् । विसं २०३५ पुस ३ गते हङकङमा जन्म भएकी गुरुङले विसं २०५५ पुस १२ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पहिलो पटक ४८७३४ नम्बरको बंशजको नागरिकता लिएकी थिइन् ।
गुरुङले ब्रिटीस नागरिकताको लागि नेपाली नागरिकता परित्याग गरेपनि ब्रिटीस नागरिकता प्राप्ति नभएपछि नेपाली नागरिकता पुनः कायमको माग गरेकी थिइन् । गुरुङले विसं २०८१ पुस ९ गते नागरिकता पुनः कायमका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निवेदन दिएकी थिइन् ।
नेपालको संविधान २०६३ को दफा ११(१) बमोजीम पुरानै नागरिकता पुनः कायम गरी जारी गरिएको प्रजिअ सुनिता नेपालले जानकारी दिइन् ।
पहिला नागरिकता परित्याग गरेपनि ब्रिटीस नागरिकता प्राप्त गर्न नसकेको र नागरिकता ऐन अनुसार पुन: प्राप्ति गर्ने प्रक्रिया पुरा गरेसँगै गुरुङलाई पुरानो नम्बरको नागरिकता दिइएको प्रजिअ नेपालले बताइन् ।
यहाँ विसं २०६७/०२/०३ देखि हालसम्म ८६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने पुन: प्राप्ती गर्ने गुरुङ पहिलो रहेकी छन् ।
डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । उनले विदेशी नागरिकता लिने प्रक्रिया थालेसंगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?