मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी

babarmahal-duban

काठमाडौँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौँको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

सो क्षेत्रमा पानी पसेपछि वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

विशेष अदालत र काठमाडौँ जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।

विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।

अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds