पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक

पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक

triveni program news

पोखरा । इन्जिनियरिङ साहित्यिक सञ्जाल, पोखराको आयोजनामा कला क्षेत्रको संरक्षणका लागि पोखरामा एउटा भव्य कार्यक्रम भएको छ । गत शुक्रबार इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्जल क्याम्पस), लामाचौरमा ‘साहित्य, संगीत र संस्कृतिको संगम’ भन्ने नारा दिएर ‘त्रिवेणी’ कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्य, संगीत र संस्कृतिलाई विशेष प्राथमिकता दिइएको थियो । साँस्कृतिक सत्रतर्फ गुरूङ्ग नृत्य, रत्यौली, मैथली, झिझिया, सूदुरपश्चिमको देउडा प्रदर्शन गरियो ।

साहित्यतर्फ श्रष्टाहरुले मुक्तक, लघुकथा, कविता सुनाए । दिनेश आदिव, सरला लामिछाने ‘सरु’, कृष्ण सुवेदी, प्राञ्जल, सुशील सापकोटा, सबु आरोही, विजय रानाभाटले मुक्तक वाचन गरे । आवाज शर्मा, शिव त्रिपाठी, राम अविरल विष्ट, त्रुपक, राज भट्टराईले गजल सुनाए । प्रज्वल अधिकारी, डा. इश्वरमणी अधिकारी, अमृत क्षेत्रीले कविता सुनाए । लक्ष्मण थापा र ढाकामोहन बरालले लघुकथा वाचन गरे ।

संगीततर्फ हालका चर्चित लोकगायक बसन्त थापा गुञ्जिए । उनले अहिले चर्चामा रहेको ‘मयाली’ र अन्य चर्चित गीत सालको पातको टपरी, जाम सुस्तै, बोकेझारलगायत गीत गाए । उनको गीतमा करिब ४ हजार दर्शक झुमेको आयोजकको दाबी छ । पोखराकै दुई निजी विद्यालय प्रतिभा मा. वि. र मदरल्याण्ड मा. वि.को ब्यान्डले गीत प्रस्तुत गरे ।

सोही कार्यक्रममा उपस्थित इन्सासका हालसम्मका अध्यक्षसँग संस्थाको इतिहास र वर्तमानबारे छलफल भयो ।

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (विखर्ची)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम इन्जिनियरिङ साहित्यिक सञ्जाल, पोखरा इन्सास अध्यक्ष बिजय अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति पदमराज ढकाल, वरिष्ठ गायिका प्राज्ञ हरीदेवि कोइराला, इन्जिनियरिङ क्याम्पस प्रमुख निर्मल बराललगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले कुनैबेला साहित्यिक कार्यक्रमलाई मल्टिमिडिया हल नदिने प्राविधिक क्याम्पसमा चौर, कक्षा, हल, अडिटोरियम गर्दै आज देशकै ठूलो साहित्यिक महोत्सव गर्न सफल भएको सुनाए । साहित्य, सृजना, संगीतलाई माया गर्नुपर्ने भन्दै उनले यसलाई निरन्तरता दिइने बताए । अन्य क्याम्पसले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदा साहित्यतर्फ विद्यार्थीको रुचि बढ्ने र उनीहरु सिर्जनशील बन्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds