नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । मंगलबार अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर एक कार्यक्रमका बीचमा मन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताएका छन् । उनले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउँदै नवग्रह मन्दिर अब धार्मिक पर्यटकीय स्थल बनेको जिकिर गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै संघीय सांसद राजु थापाले यस मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताएका छन् । धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनमा ध्यान दिन सांसद थापाले जोड दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
१४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिएको हो ।
फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन समेत गरिने छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु