पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा स्कुटरमा सवार आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङ रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सो दुर्घटना भएको हो ।
सिर्जनाचोकबाट जिरोकिमीतर्फ गुडेको ग३च८९७७ नम्बरको जीपले विपरित दिशामा गुडेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छाेरा मनोजले चलाएका थिए ।
सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नं. १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?