झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् ।
झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए ।
जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरु, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरुमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’
उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए । १०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरु अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे । रेक्सन गर्नुस् । ‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं कजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन भने उनीहरुले पछुताउनुपर्नेछ ।’
पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बदिलानीका लागि पनि आफूहरु तयार रहेको बताए । पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मुलधारका राजनीतिक दलका नेताहरुले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।
पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए । जनताको भावनाविपरीत अघि बढे उनीहरुलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए । पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने ऋलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह