शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

bidhya-bhattarai

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।

नाक, कान, घाँटीको समस्या अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताएका छन् ।

अहिले मन्त्री भट्टराई आराम गरिरहेकी छन् ।

उनको भोकल कर्डमा समस्या भएकाले बोल्न समस्या भएको र डाक्टरले एक हप्ता नबोलेर रेष्ट गर्न भनेको बताइएको छ ।

आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds