जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गत असार २२ र २३ गते गएको बाढी पहिरोबाट पूर्णरूपमा घर क्षति पुगेका यहाँका नौ परिवारलाई राहत प्रदान गरेको छ । प्रदेश सरकारको १० हजार र सङ्घीय सरकारको १५ हजार गरी २५ हजारको दरले राहत प्रदान गरिएको हो ।
प्रशासनले अर्जुनचौपारी गाउँपालिकाका चार र आँधीखोला गाउँपालिकाका पाँच परिवारलाई राहतस्वरूप नगद प्रदान गरेको हो । क्षति पुगेका मध्ये अर्जुनचौपारी–१ का गुरुप्रसाद दमै, टेकप्रसाद खत्री, रञ्जीता खत्री र वडा नं–३ की सरस्वती दमैलाई वडा नं–१ को कार्यालयमा पुगेर राहत प्रदान गरिएको हो ।
यस्तै, आँधीखोला गाउँपालिका–१ का यामकुमारी केसी, यामनारायण अधिकारी, रनबहादुर सुनार, लालबहादुर सुनार र तेजबहादुर सुनारलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले वडा कार्यालयमा पुगेर राहत पदान गरेका हुन् । आँधीखोला–४ मा अझ एक जनालाई राहत दिन बाँकी रहेको पौडेलले जानकारी दिए ।
पालिकाहरुले ढिला विवरण पठाउँदा बेलैमा राहत दिन नसकेको बताउँदै पौडेलले ढिलै भए पनि राहत आएको र दिएको बताए ।
यस्तै, सप्रजिअको टोलीले अर्जुनचौपारीका चारवटा किराना पसलमा अनुगमन समेत गरेको हो । अनुगमनमा दुईवटा पसलमा चार हजार ८९५ रुपियाँ बराबरको म्याद नाघेका तथा अखाद्य वस्तु भेटिएको र जफत गरी नष्ट गरेको पौडेलले बताए ।
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’