काठमाडौं। नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज दुई सय ६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति रहेका छन् ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत कार्यक्रम हुँदैछन् ।
महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष हिजो नेपाल आइपुगिसकेका छन् ।
नेपाली सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि शुरू भएको हो । नेपाली सेना अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल छ ।
सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले अहिलेसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३ सय ४० जनाले विश्वशान्तिमा योगदान पुर्याइसकेका छन् । त्यसक्रममा ७३ जना सैनिकले ज्यान गुमाएका र ६८ सैनिक घाइते भएका तथ्याङ्क छ ।
अहिले ११ शान्ति मिसनमा ६ सय ४२ महिलासहित पाँच हजार ९ सय १३ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने देशहरुमध्ये नेपाल पहिलो स्थानमा छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा पनि योगदान पुर्याउँदै आएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान