पोखरा । देशका केही स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भूभागमा हल्का हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान