गायन क्षेत्रमा चर्चाको शिखरमा रहेका बागलुङ गलकोटका दुर्गेश थापाले स्याङ्जाका दर्शकको मन जितेका छन् ।
गत फागुन ६ गतेदेखि चलिरहेको सातौं स्याङ्जा महोत्सवमा गायक थापाले आज आफ्नो प्रस्तुति दिँदा यहाँका दर्शकको मन जितेर सबैलाई हेरेको हेर्यै बनाएका हुन् ।
‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेर्यै…..’ बोलको गीतले महोत्सवमा आफ्नो प्रस्तुति सुरु गरेका थापाले दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् । ‘बम बम भोले भोले…’, ‘ यहाँ रीसको बेलामा….’, ‘रातो रातो खुर्सानी पिरो छ….’, ‘नाच्नु पर्छ बीच बीचमा…..’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा….’ लगायतका गीत गाएर थापाले महोत्सवमा दर्शकलाई हेरेको हेर्यै बनाएका हुन् ।
गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका थापाले महोत्सवमा हजारौंको संख्यामा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् ।
शनिबार महोत्सवमा राजन कार्की, मोहन खड्का, बन्दना पाण्डे, लक्ष्मण सिंह ठकुरीले समेत आआफ्ना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन गराएका थिए । यस्तै, मोडल तथा डान्सर सगुन थापा र अस्मिता राना मगरले नृत्य प्रस्तुति गरेका थिए ।
स्याङ्जामा आजभन्दा पहिला गरिएका मेला तथा महोत्सवमा दर्शकहरुको यस्तो बाक्लो उपस्तिथि भने कहिल्यै रहेको थिएन ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म अर्थात् भोलिसम्म चल्नेछ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला