राजावादीलाई पृथ्वीसुब्बाको प्रश्न- आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्छ?

राजनीति

राजावादीलाई पृथ्वीसुब्बाको प्रश्न- आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्छ?

ps gurung mantri

सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर अहिलेको व्यवस्थामाथि प्रश्न गरेको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले राजाले देश बचाउन नसक्ने टिप्पणी गरेका हुन्। उनले राजावादी दलहरूलाई आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै समेत प्रश्न गरे

उनले भने, ‘यो मुलुक उदार लोकतन्त्र भएको हो । तर, त्यसको पनि सीमा हुन्छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म मुलुकमा शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई त्यो शासन उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तीनको सम्पति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स-सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनै चाहिँ त्यो व्यवस्था र दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेको छ, त्यो उसले आफ्नो हैसियत बिर्सिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ