पोखरा, २४ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अन्तर्राष्ट्रिय महिला दिवसले महिला स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्न थप उर्जा, उत्साह एवं प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले यो दिवस महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाउने गरिएको उल्लेख गरेका छन् ।
‘लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता, सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउन यो दिवसको विशेष महत्व रहेको छ ।’ उनको भनाई छ– ‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको छ । इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठिन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएका हुन् ।’

आन्दोलनमा अघि रहेका महिलाहरू अधिकारमा सधैं पछि परेको अवस्थामा नयाँ संविधानले प्रत्येक महिलालाई समान हकलगायतका अधिकार सुनिश्चित गरेको र महिलामा आएको जागरणले राजनीतिसहित राज्यको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ– ‘राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि भुइँ मान्छेहरूले अझै त्यसको अनुभूति गर्न नसकेको अवस्था पनि छ । महिलामाथि हुने हिंसा र अन्याय त्यसको बाधक हो । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय महिला दिवसले सहयोग पु¥याउने विश्वास लिएको छु ।’
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो