पोखरा, २४ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अन्तर्राष्ट्रिय महिला दिवसले महिला स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्न थप उर्जा, उत्साह एवं प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले यो दिवस महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाउने गरिएको उल्लेख गरेका छन् ।
‘लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता, सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउन यो दिवसको विशेष महत्व रहेको छ ।’ उनको भनाई छ– ‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको छ । इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठिन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएका हुन् ।’

आन्दोलनमा अघि रहेका महिलाहरू अधिकारमा सधैं पछि परेको अवस्थामा नयाँ संविधानले प्रत्येक महिलालाई समान हकलगायतका अधिकार सुनिश्चित गरेको र महिलामा आएको जागरणले राजनीतिसहित राज्यको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ– ‘राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि भुइँ मान्छेहरूले अझै त्यसको अनुभूति गर्न नसकेको अवस्था पनि छ । महिलामाथि हुने हिंसा र अन्याय त्यसको बाधक हो । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय महिला दिवसले सहयोग पु¥याउने विश्वास लिएको छु ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’