नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ ।
भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय किन्ले क्लब (आइकेसी) ले बुधबार भोटे कुकुरलाई छुट्टै जातको रुपमा मान्यता दिएको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए ।
‘नेपाललाई आधार मानेर कुकुरको कुनै पनि अध्ययन भएको थिएन । १३औं शताब्दीमा विदेशीले मंगोलियामा र तिब्बतमा पाइने कुकुरलाई तिब्बतीयन म्याटिस्फ नाम राखिदिए । तर यो नेपालमा पाइने भोटे कुकुरभन्दा अलग ब्रीड हो,’ उनले भने, ‘तिब्बतीयन कुकुरको शरीर, आकार र टाउको अनि हेर्दै ठूलो हुन्छ । हामीले यी दुई फरक भनेर अन्तर्राष्ट्रिय फोरममा कुरा राख्यौं । तर व्यक्तिले नभई संस्थामार्फत कुरा पुर्याउनु पर्ने भएकाले क्लब गठन गर्यौं ।’
मान्यता पाएसँगै अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू वल्र्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेशनललगायतका संस्थाहरुमा पनि आधिकारिक मान्यता दिलाउनका लागि प्रक्रिया सुरु भएको विजयले बताए । यसले भोटे कुकुरप्रतिको चासो र समर्थनमा उल्लेखनीय वृद्धिको उनको भनाइ छ ।
भोटे कुकुरको संरक्षण तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने उदेश्यका साथ माघ १९ गते पोखरा ६ लेकसाइड बाराहीघाटमा भोटे कुकुर प्रदर्शन मेला सम्पन्न गरिएको थियो । प्रदर्शनीले भोटे कुकुरप्रति मानिसहरूबीच चासो र माया अभूतपूर्व रूपमा बढेको पाइएको अध्यक्ष पौडेलले सुनाए । उक्त मेलाले संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको र आगामी दोस्रो संस्करण ढोरपाटनमा गर्ने योजना रहेको उनको भनाइ छ ।
‘अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि दर्ज भएका छौं । भोटे कुकुर संरक्षण र प्रबद्र्धनका लागि पोखरामा भएको एक दिने प्रदर्शनीले ठूलो भूमिका खेल्यो अब दोस्रो संस्करण हामी ढोरपाटनमा गर्न चाहन्छ । हामीले ढोरपाटन नगरपालिकासंग सहकार्य गरेर जाने योजनामा छौं । आशा छ, उहाँहरुले भोटे कुकुरको प्रबद्र्धनमा सहयोग गर्नुहुनेछ,’ उनले भने, ‘नगरपालिकाले अहिलेसम्म कुनै विशेष चासो व्यक्त गरेको छैन । हामी निरन्तर पहलमा छौं ।’
यो नेपालका लागि पनि गौरवको विषय हो । आइकेसीबाट प्राप्त मान्यताले भोटे कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने मार्ग खोलिदिएको छ, जसले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरूबाट मान्यता प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाएको छ ।’ भोटे कुकुरलाई विश्वव्यापी रूपमा स्थापित गर्न क्लबले निरन्तर पहल गरिरहेको छ ।
पौडेलका अनुसार भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले छाउराको मूल्य ४० हजार र छाउरीको ३० हजार रुपैयाँ पर्दछ । जन्मेको ६ हप्तापछि आमाबाट अलग गरेर पाल्न सकिने उनले बताए ।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?