काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम नलिई तर उनलाई लक्षित गरेर एकसाथ दुई वटा गम्भीर आरोप लगाएका छन् । उनले पूर्वराजालाई लक्षित गरेर २०५८ सालमा भएको ‘दरबार हत्याकाण्डको मास्टरमाइन्ड’ र ‘मूर्ति चोर’ भएको गम्भीर आरोप लगाएका हुन्।
नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्ता बदनाम संस्था फेरि फर्किन सम्भव नरहेको बताए ।
प्रचण्डले भने, ‘जुन नौटङ्कीहरू देखाइँदैछ । २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हो ? नेपालका ठुलठुला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ?’
उनले पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको तर बीचमै सरकार ढल्दा नसकेको बताए । ‘मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठधारामा ठेगान लगाउने विचार थियो ।’
उनले पूर्वराजालाई दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको समेत आरोप लगाए । ‘त्यति भयानक हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि । सबैले बुझेको छन् नि नेपाली जनताले को हो मुख्य प्लानर र मास्टरमाइन्ड भनेर जनतालाई थाह छ । बिर्से भन्ठानेका छन् तिनीहरूले ?’, प्रचण्डले आक्रोश पोखे ।
प्रचण्डले विदेशीका एक दुई वटा फोटो टाँसेर प्रचार गरेकै भरमा राजतन्त्र फर्किन्छ भन्ने कसैलाई लागेको भए त्यो दिवास्वप्न मात्रै हुने समेत बताए ।
प्रचण्डले के–के भने ?
जुन नौटङ्कीहरू देखाइँदै छ । राजा महाराजको बारेमा, २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हो ? नेपालका ठुलठुला मूर्ति चोरहरु अहिले राजा ! भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ? मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।
अहिले यिनीहरू चुरीफुरी गरिरहेका छन् । मैले तराईको जागरण अभियानमा भनेको थिएँ–धेरै चुरीफुरी नगरे हुन्छ । धेरै चुरीफुरी गर्यौ भने धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब । नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ मैले । त्यसकारण हामी सबैले आवाज उठाउनु पर्यो त्यति भयानक हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि, उनकै परिवारभित्र ! सबैले बुझेको छन् नि नेपाली जनताले को हो मुख्य त्यसको प्लानर र मास्टरमाइन्ड भनेर जनतालाई थाहा छ । बिर्से भन्ठानेका छन् तिनीहरूले ? तिम्रा आसेपासेले त आफैँ लुट्न पाइन्छ कि भनेर तिमीलाई बोक्न सक्छन् । तिमी बढी उचालियौँ भने या विदेशीका एक दुई वटा फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको हो भने त्यो दिवास्वप्न हुनेछ । त्यो भ्रममा नरहनका लागि हामी अपिल गर्छौँ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु