प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ लिगमा शीर्ष चार टोलि सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग चरण समीकरण पूरा हुँदा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः गल्याङ नगरपालिका, वालिङ् नगरपालिका, बिरुवा गाउँपालिका र भीरकोट नगरपालिका रहेका छन् ।
स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा यहाँका छ वटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक उमराज गुरुङले बताए ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा वालिङ् खेलमैदानमा सोमबारदेखि प्रतियोगिता सुरु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु