सामाजिक विकास कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिकामा बालसाहित्य पुस्तक वितरण गरेको छ । यहाँको वडा – ५ जुग्लेमा रहेको आँधीखोला बोर्डिङ स्कुलमा विभिन्न विधाका ४२ वटा बालसाहित्य पुस्तक वितरण गरिएको हो ।
बालबालिकालाई सानैदेखि आफ्नो माटो र देशको सेवा गर्न यस्ता पुस्तकले थप टेवा पुग्ने हुँदा बालसाहित्य पुस्तक वितरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले बताए ।
प्रमुख पौडेलले बालबालिकालाई विद्यालयमा रमाइ रमाइ पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, संस्कृति, मूल्य मान्यता, प्रकृति आत्मीयता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बालसाहित्य पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताए ।
यसैगरी, स्कुलकी प्रधानाध्यापक स्मृति काफ्लेले बालगीत, बालकथा, बालकविता, बालनाटक, बालउपन्यास, बालगजलसहित जीवन उपयोगी विभिन्न विधाका यस्ता पुस्तकले बालबालिकालाई भाषिक सीपको विकास, सिर्जनात्मक कार्यमा वृद्धि, ज्ञानविज्ञानका कुरासँग साक्षत्कार सङ्गै नैतिकता, सदाचारिता र अनुशासित बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन् ।
यसअघि पनि बालसाहित्य पुस्तक वितरण गर्दै आएको सामाजिक विकास कार्यालय स्याङ्जाले बालसाहित्य पुस्तक बाँढ्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस