अखिल (क्रान्तिकारी) गण्डकीले ५ जनालाई गर्‍यो साधारण सदस्यसमेत नरहने गरी कारवाही

अखिल (क्रान्तिकारी) गण्डकीले ५ जनालाई गर्‍यो साधारण सदस्यसमेत नरहने गरी कारवाही

निर्णय विरूद्ध केहीले गरे असन्तुष्टि

akhil krantikari

पोखरा । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले संगठनको निर्णयविरूद्ध जाने ५ जनालाई कारवाही गरेको छ ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो ।

उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ ।

साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका अखिल क्रान्तिकारी गण्डकी प्रदेश सदस्य मनिष बराल, स्याङ्जा जिल्ला अध्यक्ष सन्देश पौडेल, संगठित सदस्य सन्तोष दाहाल र किरण खड्का रहेका छन् । त्यस्तै, अर्का कारवाहीमा परेका कास्की जिल्ला सदस्य सुदर्शन पराजुली हुन् ।

विद्यार्थी आन्दोलनलाई सुदृढ तुल्याउने तथा संगठनलाई अनुशासित र जिम्मेवार बनाउने उद्देश्यले कारवाही गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । कारवाहीमा परेकाहरुले लिखित रुपमा आत्मआलोचना गरेर व्यवहार सुधारेमा भने कारवाहीप्रति पुर्नविचार गर्न सकिनेसमेत विज्ञप्तीमा उल्लेख छ ।

यद्यपी, कारबाहप्रति सामाजिक सञ्जालमा असन्तुष्टि देखिन सुरू भएका छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले देखाएको गतिविधिले केही गम्भीर प्रश्न उठाएको भन्दै उनीहरूले गण्डकी कमिटीको वैधतामाथि प्रश्न उठाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds