पोखरा । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले संगठनको निर्णयविरूद्ध जाने ५ जनालाई कारवाही गरेको छ ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो ।
उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ ।
साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका अखिल क्रान्तिकारी गण्डकी प्रदेश सदस्य मनिष बराल, स्याङ्जा जिल्ला अध्यक्ष सन्देश पौडेल, संगठित सदस्य सन्तोष दाहाल र किरण खड्का रहेका छन् । त्यस्तै, अर्का कारवाहीमा परेका कास्की जिल्ला सदस्य सुदर्शन पराजुली हुन् ।
विद्यार्थी आन्दोलनलाई सुदृढ तुल्याउने तथा संगठनलाई अनुशासित र जिम्मेवार बनाउने उद्देश्यले कारवाही गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । कारवाहीमा परेकाहरुले लिखित रुपमा आत्मआलोचना गरेर व्यवहार सुधारेमा भने कारवाहीप्रति पुर्नविचार गर्न सकिनेसमेत विज्ञप्तीमा उल्लेख छ ।
यद्यपी, कारबाहप्रति सामाजिक सञ्जालमा असन्तुष्टि देखिन सुरू भएका छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले देखाएको गतिविधिले केही गम्भीर प्रश्न उठाएको भन्दै उनीहरूले गण्डकी कमिटीको वैधतामाथि प्रश्न उठाएका छन् ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?