स्याङ्जाको वालिङ् नगरपालिका – ९ मा रहेको वालिङ् बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी भएका छन् भने सचिवमा अनेरास्ववियुकी बिना रेग्मी विजयी भएकी छन् ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका निरज श्रेष्ठ ३७७ मतका साथ स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका विष्णु पङ्गेनीलाई पराजित गरेका थिए । पङ्गेनीले ३४२ मत प्राप्त गरेका थिए ।
अनेरास्ववियुबाट सचिवका उम्मेदवार बिना रेग्मीले नेविसंघबाट उम्मेदवार बनेकी ममता रेग्मीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । बिना ३६६ मतसहित निर्वाचित भएकी हुन् भने ममताले ३४२ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै, कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले अनेरास्ववियुका भुम बहादुर राना (किस्मत)लाई पराजित गर्दै विजयी भएका छन् । कुँवरले ४०६ र रानाले २९२ मत ल्याएका थिए ।
त्यस्तै, सदस्यमा नेविसंघका उम्मेदवार पुजा कोइराला ४०३, नम्रता पौडेल ३९५, पवित्रा विक ३९८, प्रवेश पौड्याल ४२२, दिपा कुमारी आले ३९३ र याम प्रसाद पङ्गेनी (सन्दिप) ४२४ मतसहित निर्वाचित भएका हुन् ।
अनेरास्ववियुबाट सदस्य पदका उम्मेदवार कविता रानाले ३०३, सफल लुइँटेलले ३१८, भीमप्रसाद डुम्रेले २९९, अमन परियारले २८१, सुरक्षा खत्रीले ३०४ र स्नेहा एसकेले २७८ मत ल्याएका थिए ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
नौ सय ९४ मतदाता रहेको वालिङ् बहुमुखी क्याम्पसमा ७२८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
चुनावमा क्यूआर कोड राखेर चन्दा उठाउने र बालबालिकाको प्रयोग रोक्न आयोगको ध्यानाकर्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ