पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी), लामाचौरमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा निर्वाचित भएका छन् ।
अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी)का उम्मेदवारलाई पराजित गर्दै धामी अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन अधिकृत ई. दीपक थापाका अनुसार धामीले निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २ सय ६७ मतान्तरले पराजित गरेका हुन् ।
धामीले ७ सय १६ मत प्राप्त गर्दा न्यौपानेले ४ सय ४९ मत पाए । नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरेको ले जानकारी दिए ।
दार्चुलाका धामीको राजनीतिक पृष्ठभूमि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) हो । यस निर्वाचनमा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल (समाजवादी) समर्थित उम्मेदवार हुन् । यद्यपी, उनले संगठनात्मक नभइ स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराए । धामी अखिल क्रान्तिकारीको क्याम्पस कमिटी सचिव थिए ।
यस निर्वाचनमा सचिव र कोषाध्यक्ष पद अखिल (क्रान्तिकारी)ले जितेको छ । अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मत ल्याएर सचिव निर्वाचित भए । अनेरास्ववियुका विनायक भुँवाजीले ७ सय ४ मत ल्याए । नेविसंघबाट सचिवकाे उम्मेदवार थिएनन् । आन्तरिक गुटीय विवादका कारण उम्मेदवारकाे मनोनयन पत्र च्यातिँदा सचिवमा उम्मेदवारी खारेज भएको थियो ।
क्रान्तिकारीका शसिस सापकोटा ६ सय ९९ मत ल्याएर कोषाध्यक्ष निर्वाचित भए । अनेरास्ववियुका रोहितकुमार साहले ५ सय ८७, नेविसंघकी रस्मिताकुमारी झाले ३ सय ६६ मत प्राप्त गरे ।
७ सदस्य पदमा अनेरास्ववियुले ५, नेविसंघ र क्रान्तिकारीले १/१ सदस्य जितेका छन् । अनेरास्ववियुका अश्रान्त पहारी ९ सय २६, पूर्णिमा अछामी ८ सय १५, अंकित गैरे ७ सय ७१, अमृत बस्नेत ७ सय ४०, रूपेश पौडेल ६ सय २२, नेविसंघका सक्षम भण्डारी ७ सय ३ र क्रान्तिकारीकी निकिता पाठक ६ सय ८२ मत ल्याएर सदस्य निर्वाचित भए ।
उक्त क्याम्पसमा २ हजार ४१ मतदाता रहेकोमा मंगलबार भएको निर्वाचनमा १ हजार ६ सय ९२ मत खसेको थियो । १ हजार ६ सय ८९ मत सदर भएको थियो ।
समानुपातिक तर्फ सबैभन्दा बढी मत नेकपा एमाले निकट अनेरास्ववियुले प्राप्त गरेको छ । अनेरास्ववियुले ७ सय २६, अखिल क्रान्तिकारीले ५ सय ३२ र नेपाल विद्यार्थी संघले ३ सय ८५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर
बिपुल क्षेत्री लाइभ इन पोखराः आज साँझ बाराहीघाटमा गुञ्जँदै
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते