चैते दशैं मेला: फेदीखोलामा पुरुष भलिबल हुने

चैते दशैं मेला: फेदीखोलामा पुरुष भलिबल हुने

विजेतालाई एक लाख २६ हजार

volleyball tournament

स्याङ्जाको फेदीखोला गाउँपालिकामा राम नवमी तथा चैते दशैं मेला हुने भएको छ । यहाँको वडा – २ मा रहेको हिम शिखर क्लबद्वारा आयोजनामा यहि चैत २१ देखि २४ गतेसम्म फेदीखोला रंगशालामा मेला हुने भएको हो ।

मेलाको अवसरमा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने क्लबका अध्यक्ष दिल काजी गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी क्लबले दुई जना क्षेत्रीय वा राष्ट्रिय स्तरमा खेलाडी समावेश गराउन सक्नेछन् ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः एक लाख २६ हजार रुपैयाँ, ८६ हजार, २६ हजार र ६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार पाँच सय, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र डिफेन्डरलाई दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने खेल संयोजक टुक बहादुर गुरुङ (देउता)ले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds