एसइई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा मृत फेला

एसइई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा मृत फेला

akankshya-malla

बझाङ । बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर घर फर्केकी एक किशोरी मृत फेला परेकी छन् ।

केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षाले मंगलबार साँझ घरकै कोठामा मृत फेला परेकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ ।

मल्ल मंगलबार अनिर्वाय विज्ञानको परीक्षा दिएर घर आएकी थिइन् ।

प्रहरीका अनुसार उनको साथमा अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएका ‘सुसाइड नोट’ पनि भेटिएको छ । तर कारण भने उल्लेख गरिएको छैन ।

परीक्षा बिग्रिएका कारण मल्लले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत थिइन् । उनका बुवा पनि उक्त विद्यालयका शिक्षकका रुपमा कार्यरत छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ