लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन

लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन

kamal_koirala

पोखरा । लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ ।

आइतबार साँझ काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा ८७ वर्षको उमेरमा उनको निधन भएको हो । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।

उनको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ ।

उनी पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । दक्षिण कोरियाका लागि पूर्वराजदूत समेत रहेका उनी लेखक पनि थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds