काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (सोमबार) हुँदैछ । चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो।
६ हजार १४६ मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरुद्धमा रिट हालेका थिए।
उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो।
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’