पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सबै धर्मको सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने बताएका हुन् ।
‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’
विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको बताउँदै उनले विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गरे ।

शुभकामना सन्देशमा उल्लेख छ, ‘यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो । यसको संरक्षण जरुरी छ ।’
रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ ।
ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।
यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने प्रदेश प्रमुख भट्टको विश्वास रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर