यूएईद्वारा ६६ नेपाली बन्दीलाई आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त

यूएईद्वारा ६६ नेपाली बन्दीलाई आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त

uAE visa

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको छ ।

यूएई सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा आम माफी दिएको हो ।

उक्त कार्य गरेकोमा नेपाल सरकारले यूएई सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको हो ।

आबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds