भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन

भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन

manoj

पोखरा । भारतीय चलचित्र अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ ।

देशभक्तिपूर्ण विषय वस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेताको हिजो मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।

‘उपकार’, ‘पूरब और पछिम’, ‘क्रान्ति’ लगायत देशभक्तिपूर्ण विषय वस्तुका थुप्रै चलचित्रमा मनोज कुमारले अभिनय गरेका थिए ।

हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा उनको योगदान छ ।

अभिनेता कुमारले भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds