डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु, ७ घाइते

डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु, ७ घाइते

chatyang photo

पोखरा । डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा कमलाका ४ सन्तान घाइते छन् । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन् ।

यस्तै, स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी, बुधबार साँझ बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds