झापा, अर्घाखाँची र रोल्पामा चट्याङ लागेर ३ जनाको मृत्यु

झापा, अर्घाखाँची र रोल्पामा चट्याङ लागेर ३ जनाको मृत्यु

chatyang-1

झापा । झापा, अर्घाखाँची र रोल्पामा चट्याङ लागेर एकरएक जनाको मृत्यु भएको छ ।

बुधबार झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर घाइते भएका वृद्धको पनि मृत्यु भएको छ । भूमिकासाथ नगरपालिका १० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।

यता रोल्पामा पनि चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ