गुडिरहेको कारमाथि ढुङ्गा खस्दा एकजना घाइते

गुडिरहेको कारमाथि ढुङ्गा खस्दा एकजना घाइते

car-acc

पोखरा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिक सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्दा एकजना घाइते भएका छन् ।

शनिबार बिहान बुटबलबाट पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।

तिनाउ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds