कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय, विद्यालय पनि बन्द गर्ने

कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय, विद्यालय पनि बन्द गर्ने

teacher-protest-kathmandu

पोखरा । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको महासंघको बैठकले कुनै पनि शिक्षक वा कर्मचारी परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर महासङ्घले जनाएको छ ।

११ वैशाखदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि आरम्भ भइसकेको छ । सरकारले भर्ना अभियानसमेत घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय लिएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरिसकेको छ ।

दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासङ्घले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ