काठमाडौं महानगरका वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै मेयर बालेन शाहलाई ज्ञापनपत्र बुझाएका छन्।
१८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गर्दै मेयरलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूले बताएका छन् ।र
मेयर शाहको निर्देशनविपरीत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराएका उनीहरूले कार्यपालिका बैठक माग गरेका हुन्।
गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाएर काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत विषयमा प्रश्न उठाउने कार्यपालिका बैठक माग गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ। महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। मेयर शाहले भने पुसदेखि बैठक डाकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृतको विवाद सुरू भएदेखि नै कार्यपालिका बैठक नडाकिनुले मेयरमाथि शंका उब्जिएको वडाध्यक्षहरू बताउँछन्।
मेयरको हठका कारण महानगरले भोग्नुपरेको समस्याबारे प्रश्न उठाउन आफूहरूले कार्यपालिका बैठक माग गरेको वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले बताए।
‘उहाँ अझै आफ्नो गल्ती मान्न तयार हुनुहुन्न। कार्यपालिका बैठकसमेत नडाकी हामी वडाध्यक्षहरूलाई गुमराहमा राख्न खोज्दै हुनुहुन्छ,’ उनले भने । कार्यपालिका बैठक माग गर्न गएका वडाध्यक्षहरूको सिसिटिभी फुटेज काँटछाँट गरेर बदनाम गर्न खोजिएको विषयमा पनि मेयरसँग जबाफ माग्ने उनले बताए।
‘ज्ञापनपत्र बुझाउन जाँदा हामीले मेयरसँग सवा घन्टा छलफल गरेका थियौं। तर उहाँको सचिवालयले १८ सेकेन्डको फुटेज सार्वजनिक गरेर हामी वडाध्यक्षहरूको मानमर्दन गर्न खोज्यो।’ वडाध्यक्ष संगतले भने।
मेयरका स्वकीय सचिव भूपदेव शाहले दिएको अभिव्यक्तिबारे पनि कार्यपालिका बैठकमा प्रश्न उठाउने उनले बताए। ‘स्वकीय सचिव मर्यादित हुनुपर्छ। आफूलाई जे मन लाग्यो त्यही बोल्ने अधिकार उहाँलाई कसले दियो?’ उनले भने ।
महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले भने– ‘महिनामा एकपटक भए पनि बोलाउनुपर्ने कार्यपालिका बैठक तीन महिनासम्म डाकिएको छैन। यसरी बैठक नबोलाउनु भनेको अवैधानिक हो,’ उनले भने, ‘आममानिसमा धेरै गुनासा छन्। धेरै विषयमा छलफल गर्नुछ। तर मेयरले जिद्दीपन देखाएर कार्यपालिका बैठक बोलाएका छैनन्। फेसबुकमा लेखेर मात्र महानगर चल्दैन।’
मेयरको सचिवालयले १८ सेकेन्डको भिडिओ सार्वजनिक गरेर वडाध्यक्षहरूलाई बदनाम गर्न खोजेको उनले बताए।
‘मेयरकै मिटिङ हलमा बसेको बैठकबाट १८ सेकेन्डको भिडिओ काटेर हामीलाई बदनाम गर्न खोजियो,’ उनले भने, ‘त्यो कुनै गोप्य कोठामा भएको छलफल थिएन। उहाँहरूले जे सार्वजनिक गर्नुभयो त्यो टिजर मात्र हो, पूरा फिल्म हामी देखाउँछौं।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’