गृहमन्त्री रमेश लेखक भन्छन्ः ‘सरकार परिवर्तन हुँदैन, सत्ता समीकरण तलमाथि हुँदैन’

राजनीति

गृहमन्त्री रमेश लेखक भन्छन्ः ‘सरकार परिवर्तन हुँदैन, सत्ता समीकरण तलमाथि हुँदैन’

'सरकार बदलिहाल्छ भनेर जो लाग्नुभएको छ, त्यो गर्न आवश्यक छैन '

ramesh lekhak

राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो संवादसमेत भएको छ । सत्तारूढ दुई दलबीच असमझदारी देखिएकाले थप छलफल गर्न बुधबार संयन्त्रको बैठक बोलाइएको छ । गगन थापा राजधानी फर्किएपछि बस्नेछ ।

महामन्त्रीहरू थापासहिच विश्वप्रकाश शर्मा अहिले आफै सहभागी सरकारको विरोध गर्न थालेका छन् ।यद्यपी, सभापति देउवा भने चुपचाप छन् । सहमति अनुसार अब १५ महिनामा उनी प्रधानमन्त्री बन्नेछन् ।

नेपाली कांग्रेस नेता एवम् गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुनै सम्भावना नभएको समीकरण तलमाथि नहुने बताएका छन् ।  सरकार बदलिहाल्छ भनेर जो लाग्नुभएको छ, त्यो गर्न आवश्यक छैन  भन्दै उनले भने – ‘हामी भाइब्रेन्ट प्रजातान्त्रिक अभ्यासमा छौं । यसमा विभिन्न कोणबाट विभिन्न कुरा उठ्छन् । त्यसैलाई आधार बनाएर सरकार ढल्छ भन्ने होइन । समीकरण र सरकारमा अहिले कुनै प्रतिकूलता उत्पन्न भएको छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ