मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज फरार, अदालतबाट पक्राउ पुर्जी जारी

अपराध

मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज फरार, अदालतबाट पक्राउ पुर्जी जारी

लागेको आरोप के हो ?

rajesh ahiraj

काठमाडौँ । अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख राजेश (झा) अहिराज फरार छन् ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

उनीविरुद्ध युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । २३ वर्षीया युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘जबरजस्ती करणीको जाहेरी दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।’

माघ २ मा महिला बालबालिका सेवा केन्द्रमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । यसअघि कालीमाटीमा रहेको महिला बालबालिका सेवा केन्द्रको कार्यालय अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरकै कार्यालयमा अवस्थित छ । झा २०७७ फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds