सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइसकेको खुलासा

राजीनामा

सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइसकेको खुलासा

rabi sumana

काठमाडौं ।  सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिइसकेकी खुलेको छ ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी पूर्व शिक्षामन्त्री श्रेष्ठले २ साता अघि चैत १८ गते रवि लामिछाने पार्टीमा सभापतिका रूपमा फर्किएकै दिनमा  राजीनामा बुझाएको बताइन्छ । पहिले नै राजीनामा दिने तयारीमा भएपनि रवि हिरासतमा रहेकाले नदिएको उनी निकट नेताहरू बताउँछन् ।

रास्वपाले केन्द्रीय समिति बैठक आज बोलाएको छ । सुमनाले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा भने सार्वजनिक गरेकी छैनन् । आज केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।

सुमनाले एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने माग रहेको र आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भएकाले राजीनामा गरेको बताइन्छ ।

लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए। तर श्रेष्ठले त्यसअघि नै आफू पार्टीकोभन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।

२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्रीमा मनोनित गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds