रवि हिरासतमा गएसँगै १० महिना धकेलियो रास्वपा महाधिवेशन, फागुन ७-९ मा चितवनमा हुने

राजनीति

रवि हिरासतमा गएसँगै १० महिना धकेलियो रास्वपा महाधिवेशन, फागुन ७-९ मा चितवनमा हुने

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, गण्डकीमा शिशिर

7 incharge

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना धकेलिएर फागुनमा पुगेको हो ।

आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।

२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले बताए ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिएका छन् । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको उनले बताए ।

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।

जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।

राजीनामाबारे सुमनाले केन्द्रीय समितिमा गराइन् जानकारी

रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले सभापति रवि लामिछानेलाई सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको झाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ