बौद्ध दर्शन जीवनसँग जोडिने विषय हो: निवर्तमान मुख्यमन्त्री अधिकारी

गोष्ठी

बौद्ध दर्शन जीवनसँग जोडिने विषय हो: निवर्तमान मुख्यमन्त्री अधिकारी

'पोखरामा बौद्ध अनुसन्धान केन्द्र स्थापना गर्न विलम्व गर्नुहुँदैन'

Khagaraj Adhikari Pokhara

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बौद्ध दर्शन जीवनसँग प्रत्यक्ष जोडिने विषय रहेकाले यसलाई सर्वव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले आज पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा बौद्ध विषयक अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै अधिकारीले बौद्ध धर्म, दर्शन, संस्कृति विश्वले थाहा पाउनुपर्ने उच्च श्रेणीको रहेको बताए ।

संघीय पूर्व गृहमन्त्री तथा स्वास्थ्यमन्त्री अधिकारीले पोखरामा अनुसन्धान केन्द्र स्थापना गर्न विलम्व नगर्न अनुरोध गर्दै गण्डकी प्रदेश सरकारले यसका लागि साथ सहयोग गर्नुपर्ने र आफूले सक्दो पहल गर्ने बताए ।

‘बुद्ध एशियाको प्रकाश मात्र होइन, संकुचन गरियाे । संसारले खोजेको अहिंशा, शान्ति र समृद्धिका प्रवर्द्धक बुद्ध हुनुहुन्छ’ – उनले भने – ‘बुद्ध दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्छ । अनुसन्धान केन्द्रहरू देश विदेशमा स्थापना गर्न अग्रसर हुनुपर्छ ।’

बौद्ध विश्वविद्यालयले पर्याप्त तपोभूमि, विहार बनाउँदै धार्मिक पर्यटकीय गन्तव्य बनाउन अझै मेहनत गर्न सुझाव पनि दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds