राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना सिंहदरबारबाट पक्राउ

राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना सिंहदरबारबाट पक्राउ

rajendra-lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

आइतबार सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका क्रममा नेताहरूले गणतन्त्र मूर्दावाद, तीनकुने घटनामा न्यायिक छानविन आयोग गठन गर, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालाई रिहाइ गरेलगायन नारा लगाएका थिए।

राप्रपाले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ। अन्य नेताहरुले पक्राउ परेका नेताहरुलाई रिहा गर्न माग गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds