राप्रपाका प्रदर्शनकारी तितरवितर, चल्न थाले सवारी

प्रदर्शन

राप्रपाका प्रदर्शनकारी तितरवितर, चल्न थाले सवारी

राप्रपाले झुक्याएर निषेधित क्षेत्र सिंहदरबारभित्र प्रदर्शन गरे

rpp pradarshan

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।

नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ । प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रको सडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ ।

राप्रपाको प्रदर्शनका कारण सो सडकखण्डको सबै लेनमा सवारी आवागमन बन्द भएको थियो । प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

राप्रपाले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र सिंहदरबारभित्र प्रदर्शन गरे । तीनकुने घटनाका न्यायिक छानबिन गर्न भन्‍दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्‍न भनेर पुगेका थिए ।

राप्रपाका सांसदहरूले सिंहदरबारभित्र झुक्याएर प्रदर्शन गरेपछि पक्राउ परेका थिए । उनीहरूका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ।

राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै गिरफ्तारी दिने तयारी थियो। प्रहरीले उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गर्नसक्ने भन्दै बिहानैदेखि निगरानीमा राखेको थियो।

राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने बताएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कानुन उल्लंघन नगर्न आग्रह गरेको थियो।

मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको थियो। तर, मन्त्रालयको आग्रहको अवज्ञा गर्दै निषेधित क्षेत्रमै प्रदर्शनमा उत्रिएपछि राप्रपाका सांसदहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ