रिहा भए लिङ्देनसहितका नेता

रिहा भए लिङ्देनसहितका नेता

rajendra

काठमाडौँ । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) दिउँसा सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका ७ जना नेताहरू साँझ रिहा भएका हुन्।

प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई सिंहदरबार र अन्य तीन जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको थियो ।

पूर्वएआइजी तथा राप्रपा केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठको जिम्मा जमानीमा साँझ कागज गराएर छोडिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ