ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र उनका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ।
गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। उनलाई रेफरको तयार गरिएको छ।
सविना आफ्ना श्रीमान् निरज आचार्यलाई ललितपुर घरमा छाडी छोराछोरी र माइती आमाबुबा लिएर पाथीभरा दर्शनका लागि आएकी थिइन्।

सम्बन्धित खबर
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह