कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

accident-kalikot

कालीकोट । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर राति ११ बजे पलाँता– २ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर भिरबाट खसेकाले थप विवरण संकलन भइरहेको कालीकोट प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ