काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा उनको राजीनामा आएको हो । शिक्षकको पक्षमा वकालत गर्दै आएकी शिक्षामन्त्री भट्टराई शिक्षकबाट नै घेराबन्दीमा परिन् ।
नयाँ शैक्षिक सत्र सुरु हुँदा गरिब निमुखाका छोराछरी विद्यालय जान नपाएको, एसईईको उत्तरपुस्तिका परीक्षण नभएको, पाठ्यस्तक रुजु गर्न विद्यालयमा प्रधानाध्यापक नभएको, विद्यार्थीको भविष्य अन्योल भएपछि मन्त्री भट्टराइ निरास भएको शिक्षा मन्त्रालयका एक अधिकारी बताउँछन् ।
मन्त्री भट्टराईले आफू निकटस्थसँग पनि काममा असहज भएको गुनासो गरिरहेकी बताइन्छ । गत माघमा मन्त्री भट्टराईले पोखरा पुगेर ऐन बन्ने बाटो तय नभए राजीनामा दिने बताएकी थिइन् । यसैलाई आधार बनाएर सडकबाट शिक्षकहरूले मन्त्री भट्टराईमाथि प्रश्न गरिरहेका छन् ।
मन्त्री भट्टराईले आइतबार हिमालयन टेलिभिजनसँगको अन्तर्वार्तामा थप प्रष्ट पारेकी छिन् । ‘ऐन नआउने बाटोमा गयो भने म तपाईंहरूसँग हुन्छु । राजीनामा दिन्छु भनेको हो,’ मन्त्री भट्टराईले भनेकी छिन् ।
उनले अहिले ऐन बन्ने बाटोमा गएको बताएकी थिइन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा विधेयकको काम भइरहेको उनले बताएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग ५ वैशाखमा बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए ।
उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच अनौचारिक तहमा कुराकानी भइरहेको छ । ती कुराकानीका आधारमा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरूको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान