तनहुँको भीमाद नगरपालिकाका प्रथम मेयर मेखबहादुर थापाको निधन भएको छ।
भीमाद–२ घर भएका थापाको काठमाडौँ स्थित किष्ट हस्पिटलमा उपचारको क्रममा आज सोमबार दिउँसो ५५ वर्षको उमेरमा निधन भएको हो। पछिल्लो समय थापा कलेजोको समस्याबाट ग्रसित थिए।
छोरी निशा थापाले सोमबार मात्रै बुवालाई कलेजो दान दिन तयारी गरिएका बेला उनको निधन भएको हो। आइतबार साँझ सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
थापाको शव आजै राती स्थित निवासमा ल्याइनेछ। भोलि श्रद्धाञ्जलीका लागि नगरपालिकामा पूर्वमेयर थापाको पार्थिव शरीरलाई राखिनेछ। भोलि नै भीमादस्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने तयारी छ।
शोकमा भोलि मंगलबार भिमादमा शोक बिदा दिइने भएको नगरपालिकाले जनाएको छ ।
मेखबहादुर २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट भीमाद नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनकी धर्मपत्नीको भोविमाया थापाको गएको फागुन २३ गते मिर्गौलाको समस्याको कारणले मृत्यु भएको थियो।
पत्नी गुमाएको डेढ महिनापश्चात् मेखबहादुरको पनि निधन भएको छ। मेयर थापाका १ छोरा र १ छोरी छन्।
थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका किरण गुरुङले दु:ख व्यक्त गरेका छन्। गण्डकी प्रदेश कमिटीका सदस्य थापाको निधनको खबरले स्तब्ध तुल्याएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?