यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन

यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन

Medicine-1

संकेतीक तस्बीर

पोखरा । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।

‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ।

विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्री/वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ