दानव नदीमा बेपत्ता बालकहरुको शव फेला

दानव नदीमा बेपत्ता बालकहरुको शव फेला

dubera bepatta

रुपन्देही । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका तीन जना बालकको शव फेला परेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय राज यादव, १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।

सोमबार पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

बेपत्तामध्ये राजको शव सोमबार नै फेला परेको थियो भने उमेश र मुनुको शव मंगलबार बिहान निकालेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds