काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै आन्दोलनरत शिक्षक आक्रोशित भएका छन् ।
आज बिहान भक्तपुरमा बसेको बोर्डको बैठकले वैकल्पिक उपायबाट भएपनि कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोक्ने र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर सञ्चालन गर्ने निर्णय गरिएको बताएका छन् ।
बोर्डले प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसलगत्तै, आज दिउँसो बानेश्वरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।
साथै उनले शिक्षकहरुलाई परीक्षामा संलग्न नहुन पनि निर्देशन दिएका छन् ।
उनले भने–‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेको रहेछ। हामी कोही परीक्षामा सहभागी हुँदैनौं र केन्द्रमा निर्देशन दिन पनि म आग्रह गर्दछु। परीक्षा पनि उनीहरुले नै लिउन्, कापी पनि उनीहरुले नै जाँचुन् ।’
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?